+
+

उखुको समर्थन मूल्य मन्त्रिपरिषद्मा पेश

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १३:२८

८ पुस, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखुको सर्मथन मूल्य मन्त्रिपरिषद्मा पेश गरेको छ । गत वर्षकै सर्मथन मूल्यलाई निरन्तरता दिएर मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति व्यवस्था महाशाखा प्रमुख सहसचिव धुव घिमिरेले जानकारी दिए ।

यस वर्ष किसानले उद्योग र सरकारबाट पाउने मूल्य प्रतिक्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा हुने सहसचिव घिमिरेले जानकारी दिए । जसमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान सरकारले उपलब्ध गराउने छ भने बाँकी रकम चिनी उद्योगीले किसानलाई उपलब्ध गराउने घिमिरेले बताए । उखुको समर्थन मूल्य किसान र उद्योगीहरुसँगको छलफलबाट नै तोकिएको मन्त्रालयले जनाएको छ ।

मंसिर दोस्रो साता मन्त्रालयमा उद्योगी र किसान प्रतिनिधिसँग भएको छलफलमा गत वर्षकै मूल्यमा उखु खरिद र बिक्रीका लागि समझदारी बनेको मन्त्रालयको दाबी छ ।

यस्तै कृषि मन्त्रालयले पनि उखुको सर्मथन मूल्यबारे किसान र उद्योगीसँग छलफल गरेको थियो । गत वर्षकै मूल्यमा मिलहरुलाई उखु क्रसिङ गर्न समझदारी गरेर उखु काट्न सुरु गरिएको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमणी मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?