+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राष्ट्रपतिको उपस्थितिमा तमु ल्होसार मनाइने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १९:४३

८ मंसिर, काठमाडौं । तमु समुदायले आफ्नो महान पर्व तमु ल्होसार धुमधामले मनाउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पुस १५ गते काठमाडौंको टुँडिखेलमा उद्घाटन समारोह आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

‘राष्ट्रिय पर्व तमु ल्होसार च्यु ल्हो (मुसा वर्ग) २०७६ को आव्हान, अस्तित्व र मौलिक पहिचानका लागि तमुवानको अभियान’ भन्ने मूलनारासहित काठमाडौंमा पुस १३ देखि १५ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

फो ल्होको विदाई तथा च्यु ल्होको स्वागत गरी मनाइने ल्होसारका अवसरमा लोकदोहोरी प्रतियोगिता, नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगिता आयोजना गरिएको तमु ल्होसार मूल आयोजक समितिका संयोजक श्रीप्रसाद गुरुङले जानकारी दिए ।

संयोजक गुरुङका अनुसार पुस १३, १४ र १५ गते खुल्ला लोकदोहोरी, १४ गते खेलकुद प्रतियोगिता र १५ गते नृत्य प्रतियोगिता आयोजना गरिएको छ । यस्तै फो ल्होको विदाई तथा च्यु ल्होको स्वागतसँगै पुरोहितबाट ग्रह शान्ति १४ गते राति १२ बजेसम्म र १५ गते झाँकी र्‍याली कार्यक्रम राखिएको छ ।

ल्होसार मूल आयोजक समितिका महासचिव लोकबहादुर गुरुङका अनुसार तमुहरूले आफू भन्दा ठूलासँग आर्शिवाद थापेर घरघरमा समेत ल्होसार मनाउँछन् । उनले भने, ‘नयाँ वर्ष मनाउने क्रममा यस वर्ष च्यु ल्हो वर्षलाई सवैको शुभ् होस् भनि आफ्नो परम्परागत पुरोहित खेगी पच्ह्यु क्ह्लेप्री, बोन्पो लामा र लामा पुरोहितहरुद्धारा १४ गते रातको १२ बजेसम्म दुःख दोखलोका ग्रह दशा शान्ति गरी पुस १५ गते नयाँ विहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी मनाउँदैछौं ।’

यसरी सुरु भयो ल्होसार

तमू ल्होसार चाड विशेष गरी भोट बर्मेली जातिहरुले मनाउने पर्व हो । ल्होसार विश्वका अन्य मुलुकहरुमा पनि मनाउने गरिन्छ । केही भोट बर्मेली जातिहरुले मनाउने चाडहरु मध्येका ठूलो चाड ल्होसार नै हो । उनीहरूले तमु ल्होसार, तोला ल्होसार, सोनम ल्होसार र ग्याल्पो ल्होसार आदि ल्होसार मनाउँछन् ।

महासचिव गुरुङका अनुसार ल्होको सुरुवात तुर्किस्थानबाट भएको मानिन्छ । यो १२ वटा छुट्टाछुट्टै जीवजन्तुहरु रहेको चक्र हुन्छन् यसलाई ल्होसार भनिन्छ । यो आ–आफ्नो मातृभाषामा नामाङ्कन गरिएको हुन्छ ।

१२ जीवहरु मध्ये कुनै कुनै जीवहरु फरक फरक रहेको पनि पाइन्छ, जस्तो नेपालमा नाग/सर्पको चित्र राखिन्छ भने चीन र जापानमा ड्रागनको चित्र राखिन्छ । ‘वास्तवमा वर्ग (ल्हो) परिवर्तन भनेको आदिमकालमै पुर्खाहरुले वर्ष गन्ने एउटा पद्धतिको विकास गरेको रहेछन् भन्ने बुझ्न सकिन्छ’ महासचिव गुरुङ भन्छन्, ‘तसर्थ हामी गुरुङ जातिहरुले आदिमकालदेखि नै ल्होसार मान्दै आएको हौं र थियौं भन्ने पुष्टि हुन्छ ।’

कतै स्योकै र हुँकै भोज भनेर मान्ने गरेको चलनलाई आज भोली देश विदेश जहाँ भएपनि घर–घरमा पुस लागे पश्चात ल्होसार भनि मनाउने गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?