+
+

आफै चढेको बसले किच्दा एक युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १० गते १६:५२

१० पुस, काठमाडौं । पर्साको ठोरीबाट चितवनको भरतपुर तर्फ आउँदै गरेको बसले किचेर एक युवकको बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका-१ रोजीनगरका २१ वर्षीय अनम प्रजा रहेका छन् ।

ठोरी भन्सार क्षेत्रबाट चितवनको भरतपुरका लागि छुटेको ना५ख १२१२ नम्बरको बसको ढोकाबाट खसेका प्रजालाई पछाडिको चक्काले किच्दा उनको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए ।

तमुचोकबाट बसको छतमा चढेका प्रजालाई सहचालकले बसभित्र बसाएको भएपनि मदिरा सेवन गरेकाले उनी ढोकामा अटेर गरी बसेर यात्रा गर्ने क्रममा रोजीनगरको नयाँगाउँमा उनी बसबाट खसेका थिए ।

बसका चालक फरार रहेको र ठक्करदिने बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?