
१० पुस, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको गाईघाट स्थित १८ नम्बर बाहिनीअड्डा, भुल्केमा एटिएम सेवा शुभारम्भ गरेको छ । १८ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी कृष्ण प्रसाद सापकोटाले उक्त एटिएम सेवाको उद्घाटन गरे ।
उक्त एटिएम सेवाको सञ्चालन पश्चात् उक्त बाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका जनता तथा सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
ँयोर पार्टनरफर प्रोग्रेसूभन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आˆना ८५ वटा शाखा, ८५ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4