+
+

भ्रमण वर्षको पहिलो दिन नाकामै पर्यटकको स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १६ गते १७:३९

१६ पुस, विराटनगर । नेपाल भ्रमण वर्ष २०२० को पहिलो पहिलो दिन विराटनगर नाका हुँदै भित्रिएका भारतीय पर्यटकहरुलाई नाकाबाटै स्वागत गरिएको छ । प्रदेश १ का पर्यटकीय क्षेत्र घुम्न आएका भारतीय पर्यटकहरुलाई नाकाबाट नै स्वागत गरिएको हो ।

नेपाल भारत मैत्री युवा संघले विराटनगर भन्सार क्षेत्रमा बुधबार विहान पर्यटकलाई स्वागत गरेको हो । सपरिवार र समूह बनाएर आएका छिमेकी देशका पाहुनालाई गुलाबको फूल र सयपत्रीको मालाले स्वागत गरिएको आयोजक संस्थाका अध्यक्ष मोहम्मद नसरुले बताए ।

भ्रमण वर्षको पहिलो दिन विराटनगर नाका हुँदै बुधबार मात्र ३ सय बढी निजी तथा सार्वजनिक सवारीसाधनहरु नेपाल प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?