+
+

ललितपुरको गावाहलमा शंकास्पद वस्तु फेला

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १९ गते १०:०६
Photo Credit : सुरज बज्राचार्य
शंकास्पद वस्तु भेटिएको सुचनापछि पुगेको प्रहरी र फेला परेको वस्तु ।

१९ पुस, काठमाडौं । ललितपुरको पाटन गावाहलमा शनिबार बिहान शंकास्पद वस्तु फेला परेको छ ।

टेपले बेरिएको अवस्थामा गावाहलको सडकमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको बताए ।

अहिले प्रहरीले शंकास्पद वस्तु भएको क्षेत्रमा घेरा हालेर सुरक्षित साथ राखेको छ ।

शंकास्पद वस्तु भेटिएको क्षेत्रमा प्रहरीले घेरा हालेपछि अहिले यो सडकको सवारी आवागमन पनि प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?