Comments Add Comment

राष्ट्रिय दिवस मनाउन राप्रपा संयुक्तको माग

२४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पुर्‍याएको योगदानको कदर गर्दै राष्ट्रिय दिवसको माग गरेको छ ।

२९८ औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकताबारे अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रिय दिवस मनाउन माग गरेका हुन् । मुलुकमा अहिले कुशासन चलेको भन्दै कर्तव्यपालना नगर्ने शासकहरुविरुद्ध एक जुट भएर अभियान थाल्नुपर्ने समेत बताए ।

अर्को अध्यक्ष प्रकाशचन्द्र लोहोनीले हिमाल, पहाड र तराई मधेशका जनता सबै सम्मानका साथ राज्यमा बस्न पाउनुपर्छ भन्ने अभियानको सुरुवात शाहले गरेको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment