+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

अमित शाहको चुनौती– हिम्मत भए राम मन्दिर बनाउन रोकेर देखाउनुुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते २०:४५

काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले चार महिनाभित्र गगनचुम्बी राम मन्दिर निर्माण हुने बताएका छन् । कांग्रेस नेता एवं वकिल कपिल सिब्बलले राम मन्दिर निर्माण गर्न नहुने धारणा राखेका थिए ।

त्यसको जवाफमा आइतबार गृहमन्त्री शाहले भने, ‘सिब्बल भाइ, सक्छौ भनेर रोक्नुस्, चार महिनामा गगनचुम्बी राम मन्दिर निर्माण हुँदैछ ।’

शाहले मध्य प्रदेशको जबलपुरमा नागरिकता संशोधन ऐन (सीएए) को सम्बन्धमा आयोजित ‘जन जागरूकता र्‍याली’लाई सम्बोधन गर्ने क्रममा यस्तो चेतावनी दिएका हुन् ।

विपक्षी दलले भोटबैंकको राजनीतिका कारण नागरिकता संशोधन कानूनको विरोध गरिरहेका तर भाजपाले देश हितको राजनीति गरिरहेको उनको दाबी छ । गृहमन्त्रीले भने, ‘जनतालाई उक्साइँदैछ, नागरिकता हराउँछ भनेर भ्रममा पारिँदैछ । यो एकदम गलत छ । कसैको नागरिकता हराउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?