+
+

निर्भया बलात्कार प्रकरणका दोषीलाई ८ माघमा मृत्युदण्ड हुँदैन : दिल्ली सरकार

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १ गते २०:१२

काठमाडौं । नयाँ दिल्ली सरकारले २०१२ मा भएको सामूहिक बलात्कार घट्नाका दोषीलाई ८ माघमा मृत्युदण्ड नहुने जनाएको छ । मृत्युदण्ड कार्यान्वयन हुन एक हप्ता बाँकी हुँदा बुधबार दिल्ली सरकारले उच्च अदालतलाई यस्तो बताएको हो ।

पटियाला हाउस अदालतले निर्भया बलात्कार काण्डमा दोषी ठहर भएका मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरविरुद्ध २२ जनवरीका लागि ‘डेथ वारेन्ट’ जारी गरेको थियो ।

घट्नाका दोषी मध्येका मुकेशले जीवन रक्षाको माग गरेर अपील दायर गरेपछि यसअघि निर्धारित मितिमा फैसला कार्यान्वयन नहुने देखिएको हो । उनको अपीलमाथि सुनुवाई नहुँदासम्म अदालतको फैसाला कार्यान्वयन गर्न नमिल्ने कतिपयको भनाइ छ ।

दिल्ली सरकारका वकिल राहुल महराले ८ माघमा कुनै पनि हालतमा दोषीलाई फाँसी दिन सम्भव नभएको सञ्चार माध्यमहरूलाई बताएका छन् । घट्नाका दोषी मध्ये एक जनाले आत्महत्या गरिसकेका छन् भने अर्का एक जनालाई बाल सुधार गृहमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?