Comments Add Comment

सरकारका प्रवक्ता भन्छन् : बालुवाटारको जग्गामा झण्डा गाडेर के को बहादुरी ?

२ माघ, काठमाडौं । सरकारले वालुवाटारको जग्गा कब्जा गर्ने विप्लवको घोषणालाई चर्चामा आउने दाउमात्र भएको बताएको छ ।

ललिता निवासको सरकारी जग्गामा विप्लव समूहले झण्डा गाडेको बारेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सार्वजनिक चासो भएको विषयमा कुनै एक्सन गरेर चर्चामा आउने दाउमात्र भएको बताए ।

‘सार्वजनिक चासोको विषयमा कुनै त्यस्तो एक्सन गर्‍यो भने शक्तिशाली देखिन्छ कि भन्ने होला’ मन्त्रिपरिषदको निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘त्यसैले त हामीले आतंकवादी क्रियाकलाप भनेका हौं, हामीले जे भन्दै आएका थियौं त्यो पुष्टि भयो ।’

विप्लवले कब्जा गर्नुको कुनै अर्थ नहुने मन्त्री बास्कोटाले बताए । ‘झण्डा गाडेर केही हुनेवाला छैन । सरकारले जोगाउन लागेको भए पो बहादुरी गर्नु, सरकार आफैले छानबिन गर्न लागेको छ । त्यसको के खर्थ हुन्छ ?’ उनले भने ।

मन्त्री बास्कोटाले बालुवाटारको जग्गा नेपाली जनताको भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment