+
+

मोरङबाट ५० हजार मूल्यको चिनी र सुर्ती बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते १८:२३

२ माघ, काठमाडौं । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा करिब ५० हजार मूल्य बराबरको चिनी र सुर्ती मोरङको जहदा सीमा नाका क्षेत्रबाट प्रहरीले बरामद गरेको छ ।

भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा मोरङको जहदा गाउँपालिका-५ स्थित दशगजा क्षेत्रबाट ५० हजार मूल्य बराबरको १० बोरा चिनी र १४ बोरा सुर्ती बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधबार राति साढे १२ बजेको समयमा उक्त चिनी र सुर्ती बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?