५ माघ, काठमाडौं । रोल्पामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो त्रिवेणी गाउँपालिका-४ ह्वापखोलास्थित सडकमा मे१ज १९१५ नम्बरको जीप चिप्लिएर दुर्घटना हुँदा जीपमा सवार माडी गाउँपालिका-१ बस्ने ३८ वर्षीय मनसुर वलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।