६ माघ, काठमाडौं । बुद्ध एयरको जहाजले सोमबार बिहान यति एयरको जहाजलाई छोएको छ ।
त्रिभुवन विमानस्थलमा जहाजको चापका कारण पार्किङ क्षेत्रमा पटक पटक यस्तो घटना दोहोरिन थालेको छ ।
बुद्ध एयरका अनुसार बिहान ८ बजे जनकपुर उड्नै लागेको जहाज ट्याक्सी-वेबाट धावनमार्गतर्फ जाँदै थियो । सोही क्रममा जहाजले पार्किङ वेमा राखिएको यति एयरलाइन्सको जहाजसँग ठोक्किएको थियो ।
‘नांगो आँखाले कुनै क्षति देखिदैन,’ बुद्धका एक अधिकारीले भने, ‘तर, एक जहाजले अर्को जहाजलाई छुनासाथ त्यो जहाजले उडान गर्न पाउँदैन ।’
उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीले निरिक्षण गरी पास गरेपछि मात्र जहाज उडाउन पाइन्छ ।
त्यसपछ जनकपुर उडान केहीबेर रोकिएको थियो । बुद्धले अर्को जहाज आइसकेपछि जनकपुर उडान नियमित गरेको छ ।
साँघुरो संरचना र धेरै जहाज भएपछि अहिले त्रिभुवन विमानस्थलमा जहाजहरु छोइने र ठोक्किने क्रम बढेको विमानस्थल प्रशासन बताउँछ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4