+
+

राष्ट्रिय जनमोर्चाले उपसभामुखमा दाबी नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ६ गते १८:५३

६ माघ, काठमाडौं । प्रतिनिभिसभामा एक सीटको प्रतिनिधित्व गर्दै आएको राष्ट्रिय जनमोर्चा (राजमो) ले उपसभामुखमा दाबी नगर्ने स्पष्ट पारेको छ । यसअघि राजमो सांसद दुर्गा पोखरेलको नाम सत्तापक्षबाट उपसभामुखका रुपमा चर्चामा आएको थियो ।

सभामुख, उपसभामुख वा संसदीय समितिका सभापति जस्ता पदहरुमा नजाने राजमोको नीति नरहेको तर, एकजना मात्रै सांसद भएकाले यी पदहरुमा व्यवहारिक रुपमा नजाने सो पार्टीका नेताले स्पष्ट पारेका छन् ।

राजमोको मातृ पार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले अनलाइनखबरसँग भने, ‘उपसभामुखमा नजाने हाम्रो नीति होइन, तर अहिले प्रतिनिधिसभामा हाम्रो एकजना मात्र सांसद रहेकाले उपसभामुख नबन्ने नीति लिइएको हो ।’

एकजना सांसद उपसभामुख बनेपछि पार्टीका मुद्दाहरु सदनमा उठाउन नपाइने भएकाले उपभामुखमा नजाने सिंहले स्पष्ट पारे । उनले अगाडि भने, ‘उपसभामुख भएपछि पार्टीको लाइन बोल्न मिल्दैन’

राजमोले यसअघि पनि उपसभामुखमा दाबी नगरेको बताउँदै सिंहले यसबारे विपक्षीले भ्रम फैलाएको गुनासो गरे । उनले अगाडि भने, ‘दुर्गालाई उपसभामुख बनाउन मैले प्रचण्डलाई भेटेको जस्ता हल्ला फैलाइयो, तर मैले प्रचण्डलाई भेटेको पनि छैन र हामीलाई उपसभामुख चाहियो पनि कहिल्यै भनेको छैन ।’

नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरिसकेको अवस्थामा वाम घटकबाट पौडेललाई उपसभामुख बनाउन सक्ने विश्लेषण गरिँदै आएको थियो । तर, अब राजमोले आफ्नो स्थिति स्पष्ट पारिसकेपछि उपसभामुखमा सत्तापक्षले राजपा सांसदलाई अघि सार्ने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?