+
+

पूर्वसांसद् कार्कीको निधन

रासस रासस
२०७६ माघ १२ गते १०:५१

१२ माघ, पाल्पा । नेपाली कांग्रेस, पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ ।

कार्कीको आइतबार बिहान उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस पाल्पाका सचिव झपीन्द्र गैरेले जानकारी दिए ।

मिर्गौला रोगबाट पीडित कार्कीले डायलायसिस गराउँदै आएका थिए । पाल्पाको रम्भा गाउँपालिका–५, ताहूँमा २००० मा जन्मिएका कार्की ०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ०५१ देखि ०५६ सम्म उनले कांग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?