+
+
WC Series
पोखरा एभेन्जर्स 2025
31/2 (4.6)
VS
९० बलमा १३५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

मन (कविता )

राजेन्द्रप्रसाद अर्याल राजेन्द्रप्रसाद अर्याल
२०७६ माघ १२ गते ११:४१

चुलबुले, चञ्चले, अस्थिर छ मन

हिजो अन्तै थियो

आज कवितामा छ मन

नाप्न नसकिने, जोख्न नमिल्ने

कतै नरोकिने, कवै नथाक्ने

बिजुलीभन्दा द्रुत गतिको

बेग कसैले थाम्न नसक्ने

भण्डारण क्षमता असीमित भएको

एउटा बृहद् सन्दुक हो मन ।

 

दशौँ इन्द्रियहरूमा नपर्ने

एघारौँमा परेर के भो ?

सबै इन्द्रियहरूको सारथी हो मन

प्राणी जगतको राजा हो मन ।

 

सुषुप्तिमा या जाग्रतमा

अथक, अविराम चलिरहने

कहिले उर्लने भेल बनेर

कहिले शान्त समुन्द्र भएर

रूवाउने हसाउने मनको बानी

कल्पनाशिलताको हो यो खानी।

 

लीला छ यसको अपरम्पार

कृष्ण बनेर मन दायावान हुन्छ

द्रौपदीको लाज ढाक्न पुग्छ

कृष्णको उही मन पवित्र हुँदैन

वस्त्र लुकाई गोपिनीहरूको

गोप्य अङ्गको प्यासी बन्छ

असल मात्र हैन उद्धण्ड पनि छ

कहिले यो मन राम बन्छ

कहिले रावण भै सीता हर्छ ।

 

अति अनियन्त्रित अति विचलित

पथभ्रष्ट र गतिछाडा मन

बाटो बिराउँछ-पागल बन्छ

महौषधिको सेवन गराई

बसमा राख्न सक्नुपर्छ

रोकौँ बरालिनबाट मनलाई

सङ्किर्ण होइन बिराट बनाऔँ

सन्तुष्टिको श्रीपेच पहिरी

सम्यमताको चन्दन लगाऔँ ।

 

मनविहीन तन कस्तो होला ?

सास बेगरको लास बन्ला

मनका कतिपय गोप्यताहरू

उजागर हुँदैनन् जीवन पर्यन्त

चिता वा चिहानमा पुगेर

भष्म हुन्छन् लाससँग ।

 

गोरखा बजार                                                           

हालः म्याडिसन,अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?