+
+

नयाँ आउने पत्रकारले लाइसेन्स लिनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १८:११
फाइल तस्वीर ।

१३ माघ, काठमाडौं । पत्रकारिता गर्न चाहने नयाँ पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने भएको छ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमाथि छलफलका क्रममा नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको हो । तर हाल कार्यरत पत्रकारले भने लाइसेन्स परीक्षा दिनुपर्ने छैन ।

समितिमा भएको सहमतिअनुसार विधेयकको दफा १७ मा पत्रकारको लाइसेन्स परीक्षा दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्था राखिनेछ ।

जसमा पत्रकारको रुपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन सोको सामान्य व्यवसायिक पत्रकारिता, पाठ्यक्रम मिडिया काउन्सिलले तोके बमोजिम हुने उल्लेख गरिएको छ ।

त्यसै दफामा हाल पत्रकारिताको क्षेत्रमा कार्यरत पत्रकारको हकमा यो व्यवस्था लागू नहुने पनि उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?