+
+

रूपन्देहीको रोहिणीमा ट्रक जुधे, १२ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते ९:५७

१४ माघ, बुटवल । भैरहवा–परासी सडक खण्डअन्तर्गत रूपन्देहीको रोहिणी गाउँपालिकाको सेमरहवामा मंगलबार बिहान दुई ट्रक आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

परासी हुँदै भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी घाइते १२ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका गम्भीर घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र अन्य घाइतेको भीम अस्पतालमा उपचारका लागि पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका इन्स्पेक्टर केशव ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?