+
+

धनगढीमा स्टाफ नर्स मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १३:०१

१४ माघ, कैलाली । कैलालीको धनगढीमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला परेकी हुन्।

दाङ घोराहीकी २३ वर्षीया देवीका श्रेष्ठ आफ्नै डेरामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले श्रेष्ठको शव झुन्डिएको अवस्थामा फेला परेको बताए ।

श्रेष्ठले १५ महिना अघि भारतीय नागरिक बिक्की अग्रवालसँग विवाह गरेको प्रहरीले जनाएको छ ।

‘उनको शव फेला परेपछि हामीले अनुसन्धान सुरु गरेका छौँ’ प्रहरी प्रवक्ता बस्नेतले भने, ‘अहिले उनका श्रीमानलाई पनि सोधपुछ गरिरहेका छौँ ।’

यस अघि पुस १३ गते पनि धनगढीमा एक जना स्टाफ नर्स मृत भेटिएकी थिइन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारा नगरमा डेरागरी बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० की २० वर्षीया सुनम ऐर मृत अवस्थामा भेटिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?