+
+

गलकोटको कपास उद्योगमा आगलागी

रासस रासस
२०७६ माघ १५ गते ९:१६

१६ माघ, बागलुङ । बागलुङको गलकोट नगरपालिका–३, हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मंगलबार आगलागी भएको छ । आगाेबाट कपास उद्योगमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार विद्युत चुहिएर आगलागी भएको हो ।

आगलागीबाट उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक अनुप केसी क्षेत्रीले जानकारी दिए । त्यस्तै, पार्किङ गरेर राखिएको ध १ प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको छ ।

आगो स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । कपास उद्योग गलकोट नगरपालिका–६ का शिव आचार्यले सञ्चालन गर्दै आएका हुन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?