+
+

पिता बने हाँस्यकलाकार विल्सन विक्रम

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते १४:२७

तक्मे बुढाको रुपमा चिनिएका हाँस्य कलाकार विल्सन विक्रम राई पिता बनेका छन् । बुधबार बिहान उनलाई पुत्रलाभ भएको हो ।

विल्सनले गत वर्षको फागुनमा सुटुक्क बिबाह गरेका थिए । बिबाह गरेको ११ महिनामा राईकी पत्नी सरिना लामाले छोरालाई जन्म दिएकी हुन् ।

सरिनालाई डक्टरले दिएको समय भने यो थिएन । तर, प्रसव पिडाका कारण सरिनालाई एक सातदेखि हस्पिटलमा राखिएको थियो । अपरेशनको माध्यमबाट सरिनाले छोरालाई जन्म दिएकी हुन् । विल्सनका अनुसार अहिले आमा र बच्चा दुबैको स्वस्थ्य राम्रो छ ।

अर्को रोचक कुरा के छ भने, विल्सनको पनि आजै जन्मदिन परेको छ । आज विल्सनले आफ्नो ३४ औँ जन्मदिन मनाउदै छन् । आफ्नो जन्मदिनकै दिन छोराको बुबा बन्न पाउँदा विल्सन निकै खुसी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?