+
+

उमेश यादवलाई घर फर्काउने सरोज रायको नागरिक अभिनन्दन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते २०:०९

१५ माघ, जनकपुरधाम । धनुषाका उमेश यादवलाई साउदी अरबको जेलबाट सकुशल नेपाल ल्याउन पहल गर्ने सामाजिक अभियान्ता सरोज राय यादवलाई बुधबार जनकपुरधाममा नागरिक अभिनन्दन गरिएको छ । जानकी मन्दिर प्राङ्गणमा भोर नामक संस्थाले रायलाई नागरिक अभिनन्दन गरेको हो ।

रायलाई नागरिक अभिनन्दन गर्दै भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले उमेश यादवको जीवन रक्षा अभियानमा संलग्न रायलाई तीनै तहका सरकारले सम्मान र कदर गर्नुपर्नेमा जोड् दिए ।

पाकिस्तानी नागरिकको हत्या आरोपमा १३ वर्षदेखि साउदी अरबको जेलमा बसेका धनुषाको कमला नगरपालिकाका उमेश, रायकै पहलमा नेपाल फर्केका हुन् ।

मृत्युदण्ड सुनाइएपनि ब्लडमनी तिरेपछि पीडित परिवार उमेशलाई आममाफी दिन तयार भएपछि रायले पाकिस्तानै पुगेर ब्लडमनी तिरेका थिए । बिभिन्न व्यक्तिसँग सहयोग लिएर ब्लडमनी तिरेपछि उमेश यादव घर फर्किन सफल भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?