+
+

भ्रमण वर्षलाई लक्षित गर्दै काठमाडाैंमा अन्तर्राष्ट्रिय मेयर सम्मेलन हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १७ गते १९:३१

१७ माघ, काठमाडौं । काठमाडौंमा ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२०’ हुने भएको छ । काठमाडौं उपत्यकाका पालिकाहरुको संगठन उपत्यका नगरपालिका फोरमले आगामी असोजमा मेयर सम्मेलन गर्ने भएको हो ।

असोज २१ देखि २४ गतेसम्म फोरमले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो । असोज २१ देखि २४ गतेसम्म चल्ले सम्मेलनका लागि २३० जना विभिन्न देशका मेयरहरुलाई निम्ता पठाइएको फोरका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

२३० जनालाई मेयर निम्ता पठाइए पनि त्यसको एक तिहाईमात्रै नेपाल आउने अपेक्षा गरिएको अध्यक्ष शाक्यले बताए । भ्रमण वर्षलाई लक्षित गर्दै गर्न लागिएको सम्मेलनले २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पुरा गर्न मद्दत पुग्ने उनले बताए ।

मेयर शाक्यले ‘ऐतिहासिक शहररनगरहरूको दिगो रुपान्तरण’ मूलमन्त्रसहित आयोजना गर्न लागिएको सम्मेलनले विभिन्न देशका नगरपालिकाहरूबीच सम्बन्ध स्थापना गर्ने, आर्थिक विकासका अनुभवहरूको आदानप्रदान गर्ने, पर्यावरणीय मुद्दाबारे समान धारणा बनाउने, समाजिक सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयात्राका सम्भाव्यताहरू पहिल्याउने र आपसी सम्मान र विश्वास अभिवृद्धि गर्ने लक्ष्य लिएको बताए ।

विभिन्न विषयमा कार्यपत्र प्रस्तुत भई समूहगत रुपमा छलफल हुने र काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने मेयर शाक्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?