Comments Add Comment

बक्यौता नपाए उखु किसान फेरि काठमाडौं आउने

१९ माघ, काठमाडौं । उखु किसान संघर्ष समिति सर्लाहीले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

चिनी उद्योगीहरुबाट किसानको बक्यौता दिलाई दिन सरकार असक्षम रहेको आरोप लगाउँदै किसानहरुले चैत ४ गतेसम्म सबै रकम भुक्तानी नभए काठमाडौंमा रिले अनसन थाल्ने बताएका छन् ।

सर्लाहीमा शनिबार बसेको किसानहरुको बृहत बैठकले आन्दोलनका कार्यक्रम तय गरेको उखु किसान संघर्ष समितिद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

उद्योग मन्त्रालयमा भएको लिखित सम्झौताअनुसार उद्योगी र सरकारबाट पाउनु पर्ने बक्यौता अझै नपाएकाले चरणबद्ध आन्दोलन घोषणा गर्नु परेको विज्ञप्तिमा किसान नेतासंघर्ष समितिका सचिव हरिश्याम रायले बताए ।

आन्दोलनका कार्यक्रम अन्र्तगत माघ १९ गते देखि फागुन ५ गतेसम्म उखु किसानहरुको बक्यौता रकमको विवरण गाउँ-गाउँमा पुगेर संकलन गर्ने, फागुन ६ गतेदेखि २१ गतेसम्म उखु किसानहरुले एक छाक मात्र खाना खाएर खेतमा काम गर्ने, यस्तै २२ फागुनदेखि गतेदेखि चैत २ गतेसम्म ‘चलु काठमाडौं भरु काठमान्डु’ अभियान चलाउने र चैत ४ गते देखि काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन रिले अनशन सुरु गर्ने उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment