Comments Add Comment

दया, विपिन र वर्षाको ‘के घर के डेरा’ निर्माणको घोषणा

चलचित्र ‘के घर के डेरा’ निर्माणको घोषणा भएको छ । निर्देशक सुव्रतराज आचार्यले यो चलचित्रको निर्देशन गर्न लागेका हुन् । सोमबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र निर्माण हुन लागेको जानकारी दिइयो । चलचित्रको छायांकन चैत्रबाट सुरु गर्ने योजनामा यसको निर्माणपक्ष छ ।

चलचित्रमा नायक दयाहाङ राई, विपिन कार्कीको साथमा नायिका वर्षा राउत, कलाकार रविन्द्र झाको मुख्य भूमिका छ । यी सबै कलाकारले चलचित्र ‘जात्रै जात्रा’मा एकसाथ काम गरेका थिए । साथमा चलचित्रमा लुनिभा तुलाधर, आर्सिना भट्टराई लगायतको मुख्य भूमिका रहनेछ ।

राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेको चलचित्रमा सिंगे लामा कार्यकारी निर्माताको रुपमा रहनेछन् । यमप्रसाद ओली यसका सह–निर्माता हुन् । काठमाण्डौमा कोठा भाडामा लिएर बस्ने मानिसहरुको कथामा यो चलचित्र बन्नेछ । दिर्घविर गुरुङको छायांकन रहने चलचित्रमा मित्र डी गुरुङको सम्पादन, शंकर थापाको संगीत, गम्भिर बिष्टको कोरियोग्राफी रहनेछ ।

निर्देशक सुव्रतराज आचार्यले अघिल्ला दुई चलचित्र निर्देशन गर्दा आफू लडेको भन्दै यसमा नलड्ने बताए । यस्तै, कलाकार दयाहाङ राई, विपिन कार्की र वर्षा राउतले चलचित्रको कथा राम्रो रहेकाले काम गर्न अगाडि सरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment