+
+

गोकर्णेश्वरको टायर रिपियरिङ सेन्टरमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २२ गते १८:००

२२ माघ, काठमाडौं । काठमाडौंको गोर्कर्णेश्वर नगरपालिका -७ दक्षिणढोकामा टायर रिपियरिङ सेन्टरमा बुधबार आगलागी भएको छ ।

माँ पद्मा आयल स्टोर नजिकैको रिपियरिङ सेन्टरमा विजुली सर्ट भएर आगलागी भएको गोर्कर्णेश्वर नगरपालिकाका प्रवक्ता  मनोज ढुंगानाले जानकारी दिए ।

‘टायर रिपियरिङ सेन्टरमा दिउँसो ४ बजेदेखि लागेको आगलागी नियन्त्रण बाहिर गएको छ,’ प्रवकता  ढंगानाले भने ।
काठमाडौं महानगरपालिकाको दमकल बोलाइए पनि दमकल भने आइनपुगेको उनले बताए ।

क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?