+
+

एनआरएनएसहित ६५ जनाको जग्गा जफत गर्न अख्तियारको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २२ गते १८:४७

२२ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित ६५ जनाको जग्गा जफत गर्न माग गरेको छ ।

ललितानिवास जग्गा प्रकरणमा अख्तियारले बुधबार विशेष अदालत १७५ जनाविरुद्ध मुद्दा हालेको छ । मुद्दामा ललिता निवास क्याम्पभित्रको जग्गा ६५ व्यक्ति वा संस्थाको नाममा रहेको भन्दै जफत गर्न समेत माग गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कुनै कसुर गरेको नदेखिएको तर आयोगमा भएको बयानका क्रममा जग्गा छाड्न तयार नभएकाले ऐनको दफा ८ का उपदफा ४ र दफा ४७ बमोजिम जग्गा जफत गरी सरकारको कायम गर्न माग गरिएको छ ।

ललिता निवास क्याम्पभित्रको जग्गा भएका सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलविरुद्ध भने मुद्दा चलाइएको छैन ।

आयोगले दुबैसँग बयान लिएको तर उनीहरु आफ्नो नाममा कायम भएको जग्गा सरकारलाई छाडिदिन सहमत भएकाले जग्गा जफतको मागदाबीका लागि प्रतिवादी बनाउन आवश्यक नभएको अख्तियारले बताएको छ ।

अख्तियारले रेग्मीको कित्ता नं. ५११ र पौडेलको कि नं ३०९ र ३१५ सरकारको नाममा कायम गराउन रु त्यसको जानकारी गराउन आफूलाई गराउनु भनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?