+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

रामचन्द्र पौडेलको प्रश्न– लाल झण्डा ओढेपछि जुनसुकै खत माफ ?

‘कामरेडको सिरानीमुनि लालपुर्जा, विजय गच्छदारलाई मुद्दा ?’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २३ गते १०:२६

२३ माघ, काठमाडौं । नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा दर्ता गरेको मुद्दाले संशय उब्जाएको बताएका छन् ।

आफ्नो पार्टीका उपसभापति समेत रहेका पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायत १७५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि पौडेलले यस्तो प्रतिक्रया जनाएका हुन ।

‘अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ’ पौडेलले समाजिक सञ्जालमा ट्विट गरेका छन्, ‘लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाई कतै पुरा हुने त होइन ?’

काँग्रेसका अर्का नेता अर्जुननरसिंह केसीले पनि अदुअआले दायर गरेको मुद्दामा गम्भिर त्रुटि, आशंका र पूर्वाग्रह देखिएको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘राजनीति आग्रहबाट कसैलाई फसाउने र कसैलाई बचाउने बदयित देखिँदा भ्रष्टाचार नियन्त्रण होइन प्रतिशोध मात्र देखिन्छ र यसबाट संवैधानिक संस्थाहरूको विश्वास गुम्नेछ ।’

‘कामरेडको सिरानीमुनि लालपुर्जा, विजय गच्छदारलाई मुद्दा ?’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि यो प्रकरणमा असन्तुष्टि जनाएका छन् । नीतिगत निर्णय गर्ने व्यक्ति र उक्त जग्गा खरिद गर्ने नेता जोगाएर गच्छदारलाई निशाना बनाइएको शर्माको आरोप छ ।

शर्माले ट्विटमा भनेका छन्, ‘माधवकुमार नेपालको पालामा नीतिगत निर्णय । एक पूर्व मन्त्री कमरेढको सिरानीमुनी लालपुर्जा । मुद्दा कसलाई ? विजय गच्छदारलाई !’

प्रवक्ता शर्माले अंग्रेजी निबन्धकार तथा उपन्यासकार जर्ज अरवेलको पुस्तक ‘एनिमल फार्म’ को ‘सबै जनावर समान हुन्छन् तर केही जनावर अरु भन्दा बढी समान हुन्छन’ भन्ने भनाई उद्धरण गरेका छन् ।

मन्त्रीपरिषदले सामूहिक रुपमा गरेका निर्णयहरू आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै अदुअआले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल विरुद्ध पनि मुद्दा चलाउनु नपर्ने अदुअआको निर्णय छ ।

बहालवाला न्यायाधीश रेग्मी र महासचिवका छोरा पौडेलले ‘जग्गा जफत गर्ने प्रयोजनका लागि’ समेत प्रतिवादी नबनाएको अख्तियारको निर्णयमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?