Comments Add Comment

‘पर्खी बसें–२’ : प्रदीप, पूजा र पलको टिमअप सम्भावना कति ?

गोपीकृष्ण मुभिजले १२ वर्ष पहिला रिलिज भएको चलचित्र ‘पर्खी बसें’को सिक्वेल बनाउने तयारी गरिरहेको छ । गोपीकृष्णले हिमालयन मुभिजसँगको सहकार्यमा ‘पर्खी बसे २’ निर्माणको तयारी गरेको हो ।

सौरभ चौधरीले निर्देशन गर्ने पक्का भइसकेको यस चलचित्रको लागि कलाकारहरु भने पक्का भएका छैनन् । दुई नायक र एक नायिका चाहिने यस चलचित्रका लागि नायिका पूजा शर्मासम्म कुरा पुगिसकेको छ । पूजा चलचित्रलाई लिएर सकरात्मक पनि देखिएकी छिन् ।

चलचित्रको दुई नायकमा पल शाह र आकाश श्रेष्ठको चर्चा चलेको थियो । तर, यस विषयमा निर्माण पक्षले केही बोलेको छैन् । उनीहरु यो लाइनअप हुने वा नहुने भन्ने कुरामा विश्वस्त छैनन् । त्यसैले उनीहरु चुप छन् ।

स्रोतका अनुसार निर्माण पक्ष चलचित्रमा नायक प्रदीप खड्कालाई लिन चाहान्छन् । प्रदीपसम्म पनि चलचित्रको कुरा पुगिसकेको छ । प्रदीप पनि चलचित्रलाई लिएर सकरात्मक देखिएका छन् । आफूले गर्नु पर्ने भूमिका प्रदीपले रुचाएका छन् ।

पलसँग भने निर्माण पक्षले सामान्य कुरा मात्र पुर्या एको छ । पल पनि चलचित्रको लागि सकरात्मक छन् । यदी प्रदीप र पलले चलचित्रमा काम गर्न स्विकार गरे भनेे आकाश चलचित्रमा हुने छैनन् । अनि टिमअप बन्नेछ, प्रदीप-पूजा-पलको ।

प्रदीप र पूजाले चलचित्र ‘प्रेम गीत’मा एकसाथग काम गरेका थिए । यस चलचित्रबाट नै दुबैले आˆनोक स्टारडम बनाएका थिए । तर, यस चलचित्र रिलिज पश्चात् उनीहरुको सम्बन्ध राम्रो छैन् । बोलचाल नै बन्दको अवस्था थियो ।

एक अवार्ड कार्यक्रममा पनि प्रदीप र पूजाको जोडी उत्कृष्ट जोडी घोषित भएको थियो । जहाँ पूजा र प्रदीपले एक-अर्कालाई राम्रोसँग हेरेनन पनि । त्यहीँबाट उनीहरुको शितयुद्ध प्रष्ट हुन्थ्यो । धेरै दर्शकले उनीहरुलाई एकसाथ पर्दामा खोजिरहेको समय उनीहरु भने एकसाथ काम गर्ने कुरालाई कल्पना पनि गरेका थिएनन ।

यदी ‘पर्खी बसे २’ निर्माण पक्षले यी दुईलाई पर्दामा देखाउन सके दर्शकको पुनः उनीहरुलाई एकसाथ हेर्ने इच्छा पूरा हुने थियो ।

उता पूजा र पलले पनि दुई चलचित्रमा एकसाथ काम गरेका छन् । उनीहरुले चलचित्र ‘म यस्तो गीत गाउँछु’ र ‘म यस्तो गीत गाउँछु २’मा सँगै काम गरेका छन् । उनीहरुको जोडीलाई पनि दर्शकले रुचाएका छन् ।

प्रदीप र पलले पनि केही समय अगाडि एक अन्तरवार्ता दिएका थिए । जहाँ आफूलाई एकसाथ काम गर्ने इच्छा भएको बोलेका थिए ।

यदी ‘पर्खी बसें–२’मा प्रदीप, पल र पूजाको लाइनअप बने बलियो टिमअप हुनेछ । दर्शकले यस चलचित्रलाई प्रतिक्षा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment