Comments Add Comment

फागुन १० देखि दाङमा प्रदेश एक्स्पो हुने

२८ माघ, दाङ । प्रदेश  ५ सरकारले दाङमा आगामी फागुन दोस्रो साता तीन दिने प्रदेश एक्स्पो आयोजना गर्ने भएको छ ।

प्रदेश सरकारले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा फागुन १० देखि १२ गतेसम्म प्रदेश एक्स्पो आयोजना गर्न लागेको हो ।

एक्सो सञ्चालनका लागि प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसीको संयोकजकत्वमा ३८ सदस्यीय मूल समारोह समिति र ९ वटा उपसमिति गठन गरी तयारी सुरु गरेको छ ।

प्रदेश सरकार स्थापनादेखि हालसम्मका गतिविधि र उपलब्धीबारे जानकारी दिने उदेश्यका साथ एक्स्पो सञ्चालन गर्न लागिएको मूल समारोह समितिका संयोजक एवं मन्त्री केसीले बताए ।

मन्त्री केसीका अनुसार एक्स्पोमा प्रदेश ५ को विविधता, उत्पादन, पहिचान, संस्कृति र विकासको स्थितिबारे जानकारी गराइने छ ।

‘समृद्ध प्रदेश, खुशी जनता’को लक्ष्य पुरा गर्न समान उत्साह र समान खुशी पैदा गर्न अभिप्रेरित गर्ने र प्रदेश नं. ५ मा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा तथा संस्कृतिको विकासलाई नमूनाको रुपमा स्थापन गरी विकासमा उत्साह ल्याउन एक्स्पोको महत्वपूर्ण भूमिका रहने विश्वासका साथ कार्यक्रम गर्न लागिएको उनले बताए ।

एक्स्पोमा प्रदेशका १२ जिल्लाको मौलिक ज्ञान, सीप, लोक कला, स्थानीय उत्पादन, स्थानीय खाना र नवीन प्रविधिको प्रस्तुति एवं प्रदर्शन गरिने उनले बताए ।

एक्स्पोमा ५० वटा सरकारी तथा करिब ५ सय जति अन्य स्टलहरु रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment