+
+

अवैध काठ ओसारपसारमा संलग्न २ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३ गते ८:४८

३ फागुन, नुवाकोट । डिभिजन वन कार्यालय, नुवाकोटले १ गाडी अवैध काठसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

विदुर नगरपालिका–१३ को आमथाङबाट विदुर–८, राइसिंहतर्फ आउँदै गरेको बा ५ ख १५६७ नंं को मिनी ट्रक, ४६ गोलिया काठ प्रहरीको सहयोगमा वन कार्यालयले नियन्त्रणमा लिएको हो । ट्रकका चालक विदुर–१२ का २३ वर्षीय शुक्रमान तामाङ र गाडी धनी २५ वर्षीय अमृत थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारवाहीका लागि अनुसन्धान गर्न जिल्ला वन कार्यालय नुवाकोटले ‘वन ऐन’ अनुसार जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान अघि बढाएको वन कार्यालयका प्रमुख जयमंगल प्रसादले जानकारी दिए ।

उनका अनुसार बरामद भएका ४१ गोलिया सालको काठ र पाँच गोलिया चिलाउनेको काठको परिणाम निकाल्न बाँकी छ । अहिले बरामद काठ १०० क्युफिट रहेको अनुमान गरिएको र ल्याउन बाँकी रहेको काठको समेत खोजी भइरहेकाले परिणाम यकिन भन्न नसकिने उनले बताए ।

काठको व्यावसायिक कटान, संकलन, ओसारपसारको लागि वन कार्यालयको अनुमति अनिवार्य भए पनि त्यसको उल्लंघन गरेकाले ओसारपसार भएको काठ अवैध मानिएको छ । कटान भएर ल्याउन बाँकी रहेको काठ र त्यसमा संलग्न अन्य व्यक्तिको वन कार्यालय र प्रहरीले खोजी गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?