
५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही सञ्चार माध्यम पूर्वाग्रही भएको गुनासो गरेका छन् ।
काठमाडौंमा विजुलीका तार भूमिगत गर्ने कामको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले बाँसुरी बजाएको तस्वीर दैनिक छाप्ने गरेको बताए । उनले भने, ‘ कुनै कुनै सञ्चार माध्यमले यो न्यूज दिनुभन्दा बाँसुरी बजाएको न्यूज दिन्छन् भोलि पनि ।’
प्रधानमन्त्रीले के भने जस्ताको तस्तै :
कुनै कुनै सञ्चार माध्यमले यो न्यूज दिनुभन्दा बाँसुरी बजाएको न्यूज दिन्छन् भोलि पनि । दया लाग्छ । देश विकास हुन लाग्दा पिर किन परेको मलाई त्यो छक्क लाग्छ ।
मैले अहिले कुनै कुनै भनेको छु । कुनैकुनै बिर्सिन्छ, अनि यसो भन्यो भनेर कुनै कुनै शब्द काट्छन् । भोलि पनि हेर्नुहोला, बाँसुरी बजाएको फोटो छाप्छ, यो फोटो नै छाप्दैन । यस्तो गरेर के भयो र (हाँतले बाँसुरी बजाएको इशारा गर्दै) बाँसुरी धुन आएन भन्छ ।
मैले कुनै कुनै वुद्धिजीवि विकास भएको सहन नसकेर उल्टोउल्टो लेख्छन् भन्यो भने कुनै कुनै चाहिँ छोड्दिन्छन्, अनि सबै बुद्धिजिवीलाई भन्यो भन्छन् ।
प्रतिक्रिया 4