+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

‘खरिपाटी क्वारेन्टाइनमा रहेका नेपाली शारीरिक र मानसिक रुपमा ठीक छन्’

स्वास्‍थ्यमन्त्रीसहितको टोली स्थलगत अनुगमनमा

रोयल आचार्य/चन्द्र अाले रोयल आचार्य/चन्द्र अाले
२०७६ फागुन ६ गते १५:३०

६ फागुन, भक्तपुर । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपाली शारीरिक र मानसिक रुपमा ठीक रहेको बताएको छ ।

मंगलबार अनुगमनमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनमा भययुक्त वातावरणमा असुरक्षा महसुस भए पनि नेपाल फर्किएपछि उनीहरुमा त्रास हराएको बताए । ‘यहाँको स्वच्छ वातावरणले पनि मनोबलमा राम्रो प्रभाव पारेको छ, थप केही समस्या छन् भने राज्यका तर्फबाट कोअर्डिनेसन गर्न तयार छौं ।’

सरकारले गरेको तयारीप्रति उद्धार गरिएका नेपाली सन्तुष्ट रहेको प्रतिक्रिया पाएको पनि ढकालले बताए । मंगलबार मन्त्री ढकालसहितको टोलीलाई क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीले उद्धार गरिएका नेपालीको अवस्थाबारे जानकारी गराएको छ ।

क्वारेन्टाइनस्थलमा खटिएका चिकित्सक नेपाली सेनाका सेनानी डा. नवीन फुयाँलले भने ‘उहाँहरु फिजिकल्ली, मेन्टल्ली र सोसियल्ली फिट हुनुहुन्छ ।’ चीनमा कोरोना भाइरसको त्रासमा रहेका नेपाली आफ्नै देशमा फर्किन पाएको र क्वारेन्टाइनमा दिइएको सुविधाका कारण अहिले सामान्य अवस्थामा रहेका डा. फुयालले बताए ।

उनका अनुसार खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा ४० जना महिला, २ जना बालबालिकासहित १ सय ७५ जना नेपाली रहेका छन् ।

‘उहाँहरुको स्वास्थ्य राम्रो छ, हामीले आउनेवित्तिकै परीक्षण गरेका थियौं, सबैलाई ज्वरो नाप्न थर्मोमिटर र कागज दिएका छौं । तापक्रम बढ्यो भने खबर गर्नुहुन्छ’ उनले भने ‘ यहाँ मेडिकल डाक्टरसहित ७ जनाको स्वास्थ्यकर्मीको टोली उहाँहरुलाई हेर्न बसिरहेको छ ।’

डा. फुयालका अनुसार अहिलेसम्म उनीहरुलाई उपचारको आवश्यकता परेको छैन । क्वारेन्टाइनमा मानसिक रोग विशेषज्ञ पनि खटाइएको छ ।

‘केही स्वास्थ्य समस्या परेमा एम्बुलेन्स स्ट्याण्डबाइ राखेका छौं, कुन अस्पताल लैजाने भन्ने पनि निश्चित भइसकेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?