
काठमाडौं । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई बैंक अफ काठमाडौंले १ करोड रुपैयाँ सहयोग गरेको छ ।
बैंकले २५औं वाषिर्कोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तरगत सहयोग घोषणा गरेको हो ।
बुधबार आयोजित कार्यक्रममा गभर्नर चिरञ्जीवी नेपालले डा. कोइरालालाई चेक हस्तान्तरण गरेका छन् ।
यो रकम अस्पतालको आईसीयू कक्ष निर्माणमा खर्च हुनेछ ।
डा कोइरालाको अध्यक्ष रहेको काठमाडौं इन्स्िटच्युट अफ चाइल्ड हेल्थ (किओच)ले काठमाडौंसहित ७ वटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने योजना बनाएको छ । र, अस्पताल निर्माणका लागि २ अर्बभन्दा बढी लगानी संकलन गर्ने लक्ष्य लिएको छ । सबै अस्पताल २०२२ भित्र निर्माण गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4