+
+

आमासँग निःशुल्क हेर्नुहोस् ‘आमा’

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ८ गते १२:२६

भोली शुक्रबारदेखि चलचित्र ‘आमा’ रिलिज हुँदैछ । यो चलचित्रको देशभरका मल्टिप्लेक्समा बुकिङ पनि खुलिसकेको छ । यसैविच, चलचित्र ‘आमा’को निर्माणपक्षले नयाँ घोषणा गरेको छ । नयाँ घोषणा अनुसार काठमाण्डौका केही चलचित्र घरमा आफ्नो आमासँग चलचित्र हेर्न पुग्दा निःशुल्क हेर्न पाउने व्यवस्था गरिएको छ ।

काठमाण्डौको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क चलचित्र हेर्न पाइने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । उनले भने–‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं ।’ हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने उनको तर्क छ ।

दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?