+
+

एनसेलद्वारा मासिक र साप्ताहिक विजेतालाई पुरस्कार हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ९ गते १७:४३

९ फागुन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत मासिक र साप्ताहिक विजेता ग्राहकहरूलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ। इलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम बलाल मगरले भाग्यशाली ग्राहक बन्दै जनही १० लाख जितेका छन्।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो योजना मंसिर १, २०७६ देखि तीन महिना संचालन गरेको थियो। राई यस योजनाअन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन् भने मगरले तेस्रो महिनाको मासिक विजेता बन्दै १० लाख जितेका हुन्।

यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाएका थिए। बिहीबार तीन भाग्यशाली साप्ताहिक विजेता ग्राहकले पनि जनही २ लाख पुरस्कार ग्राहण गरेको छन्। योजनाको ११औँ हप्ताअन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले जनही २ लाख जिते भने १२औँ हप्ताअन्तर्गत बाराका अरमान देवानले २ लाख जितेका छन्।

कलाकार जितु नेपाल र सन्ध्या केसीले बिहीबार एक कार्यक्रममाझ मासिक र साप्ताहिक विजयी ग्राहकलाई नगद हस्तान्तरण गरेका थिए। यस योजनाअन्तर्गत ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहक मध्ये, ३४ जना ग्राहकले आफ्ना नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकी ग्राहक प्रमाणीकरण प्रक्रियामा रहेको एनसेलले जनाएको छ।

यसअघि पुष १६ मा सिराहाका जितेन्द्रकुमार कामतीले यस योजनाअन्तर्गत पहिलो मासिक विजेता बनी नगद पुरस्कार १० लाख ग्रहण गरिसकेका छन्। एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुने यो योजना आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा संचालनमा रहेको थियो। योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने व्यवस्था रहेको एनसेलले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?