
११ फागुन, जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न जनकपुरको मिथिला बिहारी मन्दिरको मूल गेटमा स्कुले विद्यार्थीहरुलाई झण्डै अढाइ घण्टासम्म उभ्याइएको छ ।
मिथिला मध्यपरिक्रमा एवं मिथिला बिहारी मन्दिरको मूल गेट उदघाटन गर्न प्रचण्ड जनकपुर आएका छन् । उनी आउने समय आइतबार बिहान ६ः३० बजे नै निर्धारण गरिएको थियो । तर प्रचण्ड बिहान ९ बजे मात्रै हेलिकप्टरबाट आइपुगे । उनी आउँदासम्म बालबालिका लाइनमा माला लिएर उभिरहेका थिए ।
एकातिर शिक्षकहरु र अर्काेतिर विद्यार्थीहरु उभिएका थिए । उनीहरुले प्रचण्डलाई माला र गम्छाले स्वागत गरे ।
विद्यालयको पढाइ नै रोकेर बालबालिका र शिक्षकहरुलाई स्वागतमा खटाइएको भन्दै कतिपयले आलोचना गरेका छन् ।
मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भजन, किर्तनसहित निकालिएको डोलालाई प्रचण्डले केहीबेर बोकेका थिए ।
प्रतिक्रिया 4