काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओमानका क्रिकेटर युसुफ अब्दुलरहिम अल बालुसीलाई ७ वर्षको प्रतिबन्ध लगाएको छ ।
आइसीसीको भ्रष्टाचार विरोधी नियम उलंघन गरेको भन्दै आइसीसीले बलुसीलाई ७ वर्षको प्रतिबन्ध लगाएको हो ।
बालुसीले चार वटा नियम उल्लघंन गरेको र त्यो उनले स्वीकार गरेको आइसीसीले जनाएको छ ।
दुवईमा सन् २०१९ मा भएको इसीसी टी-२० क्वालिफायरमा बालुसीले भ्रष्टाचार विरोधी नियम उलंघन गरेका थिए ।
आइसीसीले उनलाई गत जनवरीमै निलम्बन गरेको थियो । त्यसपछि आइसीसीले थप अनुसन्धानबाट उनलाई ७ वर्षको प्रतिबन्ध लगाएको हो ।