+
+

रेडपाण्डाको छाला ओसारपसारमा संलग्न ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १३ गते १३:०२

१३ माघ, काठमाडौं । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला अवैध ओसारपसारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, कास्कीका युवराज सापकोटा र काठमाडौंकी कमला तामाङ छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई कपनबाट पक्राउ गरेको हो ।

उनीहरुको शरीरमा खानतलासी लिने क्रममा दुर्लभ वन्यजन्तुको छाला फेला परेको एसएसपी सहकुलबहादुर थापाले बताए ।

उनका अनुसार पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?