
१३ फागुन, काठमाडौं । पर्सामा चट्याङ लागेर मंगलबार एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिका-४ देवरबाना बस्ने अन्दाजी ४५ वर्षीया नयमा खातुन रहेकी छन् ।
घरदेखि करिब २ सय मिटर टाढाको खेतमा घाँस काट्न गएको समयमा चट्याङ खस्दा उनी बेहोस भएकी थिइन् ।
उनलाई तत्काल उपचारका लागि स्थानीय मेडिकलमा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले अनलाइनखबरलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4