+
+

नेपाल ट्रष्टको लिज निर्णयमा मेरो संलग्नता छैन : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते १६:४९

१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धमा आफूले कुनै निर्णय नगरेको बताएका छन् ।

नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले बुधबार श्वेतपत्र जारी गर्दै ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामुसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरिएको थियो ।

पूर्वप्रधानमन्त्री देउवाले भने लिज प्रकरणमा आफ्नो नाम जोड्नुलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद र गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा भएको अनियमितताबाट ध्यान मोड्न प्रयत्न भनेका छन् ।

उनले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन ।’

आफ्नो सहभागिता वेगर भएको निर्णयमा नाम जोडेर गरिएका प्रचारप्रति आफ्नो गम्भीर आपत्ति रहेको उनले बताएका छन् ।

नेपाल ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको भन्दै उनले यसको बोर्डका निश्चित कर्मचारी तहबाट भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा आफू गाँस्नु राजनैतिक र कानुनी दृष्टिले गलत भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?