+
+

पर्सामा मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १४:०३

१५ फागुन, काठमाडौं । पर्सामा सेलर मिलको फित्तामा बेरिएर बिहीबार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धोविनी गाउँपालिका-३ हरिहरपुर बस्ने करिब ४२ वर्षीया ललितादेवी ठाकुर रहेकी छन् ।

आफ्नै घरमा सञ्चालित मिलमा धान कुटाउने क्रममा बिहान करिब १०:१५ बजेको समयमा आफैले लगाएको सारी अचानक मिलको फित्तामा बेरिन पुग्दा उनको घट्नास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?