+
+

दुर्घटनामा घाइते सीपी मैनालीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १७:१२

१५ फागुन, जनकपुरधाम । महोत्तरीमा सवारी दुर्घटनामा परी घाइते भएका नेपाल कम्युनिसट पार्टी (माले)का महासचिव सिपी मैनालीसहित पाँचै जनालाई काठमाडौं पठाइएको छ ।

बर्दिबासमा सामान्य उपचारपछि मैनालीसहित उनका छोरा सरोज, बुहारी पूजा, पाँच वर्षीय नाति र चालक रामप्रसाद पौडेललाई हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दिबासका प्रवक्ता डीएसपी माधव बुढाथोकीले जानकारी दिए ।

उनीहरुको ग्राण्डी अस्पताल उपचार भइरहेको छ ।

झापाबाट काठमाडौं जाने क्रममा मैनाली परिवार चढेको बा७च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना४च ७६८० नम्बरको गाडी बर्दिवास नगरपालिका-३ कालापानीस्थित बिपी राजमार्गमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा सीपीको टाउको र शरीरको अन्य भागमा गम्भीर चोट लागेको र पूजाको खुट्टा भाँचिएको डीएसपी बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?