+
+

अर्थमन्त्रीलाई गगन थापाको जवाफ–बहस कहाँ गरौं

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते १०:०५

१६ फागुन, काठमाडाै‌ं । नेपाली कांग्रेस नेता गगन थापाले पुस्तकमा लगाइएको करबारे अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइमा प्रतिक्रिया जनाएका छन् ।

मन्त्री खतिवडाले ‘पुस्तकमा लगाइएको कर हट्दैन, बरु बहस गर्न तयार छु’ भनेको भोलिपल्ट नेता थापाले ट्विटरमार्फत बहस गर्न तयार रहेको जवाफ दिएका हुन ।

‘विद्धान अर्थमन्त्रीज्यूले भन्नुभएछ– पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु । मन्त्रीज्यू हामी पनि तयार छौं,’ थापाले लेखेका छन्, ‘बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’


सूचना तथा सञ्चार प्रविधि मन्त्रीको समेत कार्यभार सम्हालेका डा. खतिवडाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वदेशी उद्यमलाई प्रोत्साहित गर्न ज्ञानमा नभई पुस्तकमा कर लगाएको र आफू बहस गर्न तयार रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?