+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

माले महासचिव सीपी मैनाली खतरामुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते ११:१८

१६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली खतरामुक्त रहेको काठमाडौंस्थित ग्राण्डी अस्पतालले जनाएको छ।

बिहीबार झापाबाट फर्किने क्रममा महोत्तरीको बर्दिबासमा कार दुर्घटनामा परेर घाइते भएका मैनालीलाई बिहीबार नै सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो।

‘उहाँ खतरामुक्त हुनुहुन्छ, हिजै हामीले उहाँको ‘थाई बोन’को अपरेसन गर्‍यौं ,’ अस्पतालका निर्देशका चक्रराज पाण्डेले भने, ‘उहाँको बुहारीको खुट्टाको अपरेसन र चालकको नाकको हड्डी भाँचिएकाले उपचार गरिएको छ ।’

झापाबाट काठमाडौं आउन लागेका मैनाली सवार बा७च २१३० नम्बरको कारलाई ना४च ७६६८ नम्बरको पिकअपले महोत्तरीको बर्दिबास नगरपालिका कालोपानीमा ठक्कर दिएको थियो।

दुर्घटनामा मैनालीसहित छोरा सरोज, बुहारी पूजा ढुंगाना मैनाली, पाँच वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका थिए। अहिले सबै जनाको अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?