+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
32/0 (4.5)
VS
चितवन राइनोज 2025
0/0
Shares

असिनाले हिउँदेबालीमा नोक्सानी

रासस रासस
२०७६ फागुन १८ गते ११:१०
Photo Credit : फाइल तस्वीर

१८ फागुन, डोटी । जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासि परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारीलगायतका बालीमा नोक्सानी पुर्याएको छ ।

पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप भएको जानकारी दिए । सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति पुर्यायो भन्ने आकलन नभएको जानकारी दिए ।

असिनाले पाकेर भित्राउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि त्यहाँका किसान चिन्तामा परेका छन् । खेतीमा आश्रित किसान असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँखेतीमा क्षति पुर्याएपछि निरास भएको स्थानीय भरतबहादुर बोहराले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?