+
+

नम्रता भन्छिन्–‘मैले बिहेको बारेमा सोचेकै छैन’

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते १३:४३

नायिका नम्रता श्रेष्ठ केही बर्षदेखि प्रेममा छिन् । प्रेममा रहेकी यी नायिकाको बिहे कहिले हुन्छ भन्ने कौतुहलता उनका फ्यानलाई पनि होला । मिडियाका लागि त नायक–नायिकाको बिहेको चासो सधै नै हुने गर्दछ । तर, नायिका नम्रता श्रेष्ठले भने आफूले बिहेको बिषयमा नसोचेको बताएकी छिन् ।

नम्रताले भनिन्–‘मैले त अहिले बिहेको बिषयमा सोचेकी नै छैन । जुन दिन हुन्छ, तपाइहरुलाई थाहा भैहाल्छ ।’

नम्रताले बिहे कसरी गर्ने भन्ने बिषयमा पनि कुनै योजना नबनाएको बताइन् । नम्रताले भनिन्–‘मेहेन्दी, संगीत सेरेमोनी गर्ने वा नगर्ने भन्ने बिषयमा मैले सोचेकी छैन । जुन दिन मेरो बिहेको लगन जुर्छ, त्यही दिन नै कसरी गर्ने भन्ने बिषयमा पनि सोच्नेछु ।’

यो बर्ष नेपाली चलचित्रका नायिकाहरुको धमाधम बिहे भैरहेको छ । नायिका ऋचा शर्मा, रीश्मा गुरुङ, प्रियंका कार्कीको बिहे भैसकेको छ भने नायिका आँचल शर्माको बिहे फागुणको २९ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?