+
+

सरकारले गर्‍यो सचिवहरूको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते २०:५१

१७ फागुन, काठमाडौं । सरकारले केही सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ ।

यस्तै महानगरका कार्यकारी अधिकृत रहेका केदार न्यौपानेलाई भूमिसुधारमा सरुवा गरिएको छ । भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिला र त्यहाँका सचिव यादव कोइरालालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई भने उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई कामू दिएर राजश्वमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?