+
+

कोरोना प्रभावित देशमा जाने कामदारलाई रोक्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते १२:१७

२० फागुन, काठमाडौं । सरकारले कोराना प्रभावित सबै देशका लागि श्रम स्वीकृति दिने कार्य स्थगित गर्ने तयारी गरेको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्वोच्च अदालतको आदेश अध्ययन गरी मंगलबार नै यसबारे निर्णय गर्ने बताएको छ ।

सोमबार सर्वोच्च अदालतले कोरोना संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई आदेश दिएको थियो ।

श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले सर्वोच्च अदालतको आदेशपछि कोरोनाबाट प्रभावित देशहरुमा जाने कामदार रोक्न छलफल सुरु भएको बताए ।

‘बेलुकासम्म कहाँ–कहाँ जाने कामदार रोक्ने भन्ने निर्णय लिन्छौं,’ उनले भने, ‘कामदारहरुलाई पनि अवस्था विश्लेषण गरेर मात्रै रोजगारीमा जान आग्रह गर्छौं ।’ उनले सर्वोच्चको लिखित आदेश मन्त्रालयमा मगाइएको जानकारी पनि दिए ।

वैदेशिक रोजगार विभागले कोरिया जाने कामदारलाई यसअघि नै जान रोकेको थियो । ईपीएस कोरिया शाखाले त्यहाँ कोरोना ब्यापक रुपमा फैलिएपछि कामदारलाई कोरिया पठाउने तालिका सार्दै आएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल सरकारले कतिपय देशमा सीधा उडान नै रोक्न तयारी गरिरहेकाले त्यहाँ जाने कामदारलाई के गर्ने भन्नेबारे छलफल भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?