Comments Add Comment

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

२० फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

उनको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । त्यसको केहीघन्टा अघि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

खतिवडाले मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेटेर फर्किने क्रममा उनले राजीनामाबारे प्रष्ट जवाफ दिएनन् ।

पुनः नियुक्तिको तयारी 

तर उनको पुनः नियुक्त हुनेछ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।

धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

स्रोतका अनुसार उनको पुन: नियुक्ति र सपथ भोलिमात्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment